शितगंगा सम्पर्क समिति यूएईद्वारा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, युएई । शितगंगा सम्पर्क समिति यूएईको आयोजनामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । रोजगार तथा अन्य विभिन्न सिलसिलामा यूएईका विभिन्न शहरमा रहेका प्रदेशी नेपालीहरु बिचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले तिज विशेष कार्यक्रम सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ ।

लुम्बिनी प्रदेश सम्पर्क समाज यूएईका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्रदेशी भुमीमा भएपनि नेपाली कला संस्कृतिलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । विश्वको जुन सुकै कुनामा भएपनि हाम्रो कला संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शितगंगा सम्पर्क समिति युएईका अध्यक्ष गणेश प्रसाद पौडेलले कामको व्यस्तताका बाबजुत पनि कार्यक्रमलाई सफल पार्न उपस्थित भएको भन्दै सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कलाकारहरूको नृत्य, गायन र हास्यव्याङ्ग लगायत विभिन्न प्रस्तुती रहेको थियो ।

कार्यक्रममा अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष जे.पि.पोख्रेलको विशिष्ठ आतिथ्यता रहेको थियो । त्यस्तै भुमिकास्थान (अर्घाखाँची) सम्पर्क समाज यूएई र बलकोट सम्पर्क समिति यूएई लगायत यूएईमा रहेका सामाजिक अभियान्ताहरूको समेत कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका संरक्षक प्रेम बग्लदार सल्लाहकार जानका खनाल, संजिव बेलवासे, कृष्ण प्रसाद अधिकारी, संस्थाका वरिष्ठ उपाध्यक्ष हरि बि.सी., उप–महासचिव रामु भुसाल, कोषाध्यक्ष राजेन्द्र वि.क, सह–कोषाध्यक्ष दिपक बिष्ट, सदस्यहरू बिमला रानाभाट, शुशिला खनाल, हुमा लामिछाने मगर, कमल बि.सी, शंकर भण्डारी, हेमनाथ पौडेल, लिला बहादुर बेलवासे, सबिता खनाल चुदाली, बिक्रम घर्ती, दुर्गा बि.सी., बिष्णु अधिकारी, एलिशा भण्डारी, बिष्णु घर्ति,लगायतका संस्थाका सक्रिय सदस्यहरूको सहभागीता रहेको समितिका सचिव अनिल कुमार बि.सी. ले जानाकारी गराउनुभयो ।

संस्थाकी महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक पबित्रा खनाल चुदालीको स्वागत मन्तव्य, महासचिव लेखनाथ पौडेल र सदस्य निरू सिंहको संयुक्त संचालनमा सम्पन्न भएको कार्यक्रममा २५० बढी नेपालीहरुको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *