नाग पञ्चमीको अवसरमा मंगलबार बाणगंगाले दियो स्थानीय विदा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नेपालीहरुको परम्परागत तथा धार्मिक पर्व नाग पञ्चमीको अवसरमा साउन १३ गते अर्थात मंगलवार स्थानीय विदा दिने घोषणा गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले सोमबार सूचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिनुभएको हो ।

नगर कार्यपालिकाको मिति २०८२।०४।१२ गतेको निर्णयानुसार नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु ९अत्यावश्यक सेवा बाहेक०, शैक्षिक संस्थाहरु तथा नगरपालिका नियमन क्षेत्रभित्रका सम्पूर्ण संघसंस्थाहरुमा सार्वजनिक विदा हुने जनाईएको छ ।

विदाको निर्णय परम्परागत पर्वको सम्मान गर्दै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरूप गरिएको नगरपालिकाले जनाएको छ । नगरबासीलाई नाग पञ्चमीको शुभकामना व्यक्त गर्दै नगर प्रमुख अर्यालले धार्मिक चाडपर्वले आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *