बाणगंगाको कार्यपालिका बैठक : नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ। सोमबार नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त बैठकले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि निर्माण सामग्रीहरूको नगर दर रेट निर्धारण गर्नुका साथै दक्ष तथा अर्धदक्ष कामदारहरूको दैनिक ज्यालादर समेत पारित गरेको नगर प्रवक्ता विष्णु पौडेलले बताए।

बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले यस वर्ष नगरपालिकाले प्राथमिकतामा राखी कार्यान्वयन गर्ने योजना र रणनीति प्रस्तुत गर्दै अघिल्ला वर्षमा अधुरा रहेका योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीमूलक कार्यक्रमहरूमा प्रभावकारी कार्यान्वयन हुने विश्वास दिलाए।

त्यस्तै, उप–प्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नागरिकले सहज रुपमा सेवा पाउने व्यवस्था मिलाउने तथा योजनाको कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कदम चालिने बताएका थिए।

बैठकमा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा विभिन्न शाखाका प्रमुखहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *