गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाद्धारा गुरुलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संथा लिमिटेडले गुरुहरुलाई सम्मान गरेको छ । न्यु होराइजन पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा.लि. को सहयोगमा पुर्वीय दर्शनमा गुरुहरुको महत्व विषयक अन्तरक्रिया कार्यक्रम गर्दै गुरुहरुलाइ सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका उपसचिब सुर्य प्रसाद भुसालले पछिल्लो समय शिक्षकहरुको मान र सम्मान हराउदै गएको भन्दै अब गुरुहरुलाई सम्मान गर्ने व्यवहार सिकाउनुपर्ने बताउनुभयो । पछिल्ला समयमा विद्यार्थीहरु व्यवहारिक तथा नैतिक ज्ञान भन्दापनि किताबी ज्ञानमा निर्भर रहेको बतउनुभयो ।

तेस्तै सस्थाका अध्यक्ष गोविन्द पाख्रेलले गुरुहरुले पुर्वीय दर्शनमा आधारित गरिमा कायम गरि शिक्षण गर्नुपर्ने औल्याउँनु भएको थियो । आफुहरुको संस्थामा अहिले ३४० जना गुरुहरु सदस्य रहेको र अन्य शिक्षकहरुलाई पनि संस्थामा जोडिन आह्वान गर्नुभयो ।

संथाको कोषाध्यक्ष माधब घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनि, संस्थाका सल्लाहकार धातानन्द भुसाल, पुर्व शिक्षकहरु नन्द किशोर शुक्ला, राधा पौडेल, कमला न्यौपान, मोहन ज्ञवाली, राम प्रसाद अर्याल, बाणगंगा मा.वि लौगाइका प्रधानाध्यापक कुलराज पौडेले, हरैया क्याम्पस रुपन्देहीका अध्यक्ष टिका गिरी लगाएतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *