लागुऔषधको मुख्य गिरोह बाणगंगबाट पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट आएर नेपालमा ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका हुन् ।

वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्।
पोरवालासंगै बर्दियाको गुलरिया नगरपालिका – ७ का ३० वर्षीय विशाल गुप्ता पनि पक्राउ परेका थिए।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरुको साथबाट १०२ ग्राम ८० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो।

डिएसपी अधिकारीले भारतीय नागरिक पोरवाला विगतदेखि नै भारतबाट ब्राउन सुगर नेपालका विभिन्न जिल्लामा ल्याइ त्यसको अवैध कारोबारो गर्दै आएका मुख्य डिलरमध्येका हुन्।
उनले नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, बुटवलदेखि काठमाडौंसम्म अवैध रुपमा ब्राउन सुगरको कारोबारो गर्दै आएको प्रहरी बताउँछ।

उनका अनुसार झन्डै एक महिना दिन पिछा गरेर मुख्य डिलर भनेर चिनिएका भारतीय नागरिक पोरवालालाई पक्राउ गर्न सफल भएको उनले बताए। प्रतिक्षालयमा रोकी राखेको भे १२ प १७८७ नम्बरको मोटरसाइकलपनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *