प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहारबाट घाइते भएकी युवतीको भैरहवामा गोली निकाल्न नसकेपछि चितवन रिफर

बुटवल । बुटवलको बुद्धनगरमा आज विहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टिका विष्ट क्षेत्रीलाई भैरहवामा पनि उपचार हुन नसके पछि चितवन पठाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको थियो । होटेल खोलेर सरसफाइ गर्न […]

लागुऔषधको मुख्य गिरोह बाणगंगबाट पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट आएर नेपालमा ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका हुन् । वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्। पोरवालासंगै बर्दियाको गुलरिया नगरपालिका – […]

शिक्षकहरूको आन्दोलन आज पनि निरन्तर, प्रधानमन्त्री सँगको भेटमा मिलेन कुरा

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् । महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग […]

विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा जनताहरुले सेवाग्राहीलाई सास्ती, विकास निर्माणको काममा ढिलासुस्ती, स्वास्थ्य सेवा सुविधा, कृषि, शिक्षा, रोकिएका योजना लगायत क्षेत्रमा […]