उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जीसी नगद सहित पुरस्कृत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

कपिलवस्तु ।ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लाकेन्द्र जिसी उत्कृष्ट कार्य सम्पादन गरेकोमा पुरस्कृत हुनुभएको छ । आज आफ्नो जिम्मेवार वडा एरियाको शान्ति सुरक्षा व्यवस्थापन लगायत उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जिसी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत पुरस्कृत हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्तले नगद पुरस्कार सहित प्रहरी निरिक्षक पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कृत हुंदै प्रहरी निरिक्षक जिसीले जिल्ला प्रहरी कार्यालय प्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनताको जीउ धनको सुरक्षाका लागि हौसला बढेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *