कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० मा प्रवेश गरेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर १, मायादेवी गाउँपालिका–५ मा एमाले जिल्ला कमिटी सदस्य तिरथ पासवानसहित विभिन्न पार्टीका ५० जना नेता तथा कार्यकर्ताहरु बुधबार राप्रपामा प्रवेश गरेका हुन् ।

 

उनीहरूलाई राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझि, राप्रपा जिल्ला अध्यक्ष नारायणबहादुर सिंहलगायत नेताहरूले पार्टी सदस्यतासहित अविर लगाएर राप्रपामा स्वागत गरेका थिए । नवप्रवेशीहरूले देश बचाउने र बनाउने अभियानका लागि राप्रपामा आवद्ध भएको बताएका छन्।

 

राप्रपाले हालै संगठन सुदृढिकरण तथा विस्तारलाई तीव्र बनाउँदै नयाँ अनुहारलाई राप्रपामा संगठित गर्ने अभियान चलाइरहेको केन्द्रिय सदस्य रायमाझिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *