जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका २ कुभिन्डेमा सवारी दुर्घटना हुँदा चालक कृष्ण लाल मरासिनी गम्भिर घाइते भएका छन ।
बुटवलबाट अर्घाखाचीको मालारानी ढाणचौर तर्फ आउदै गरेको लु१ ज ४२२६ नं को जिप बाटो देखी ४०० मिटर तल खस्न जाँदा दुर्घटना भई जिप चालक अर्घाखाची जिल्लाको मालारानी २ बस्ने अन्दाजी ५०।५१ को कृष्ण लाल मरासिनी खोलामा पल्टिएको अवस्थामा रहेको भनि खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यलय खन अर्घाखाचीबाट ७ जनाको प्रहरी टोली घटना स्थल पुगि घाईतेलाई उद्दार गरि थप उपचारको लागि गुल्मि अस्पताल पठाईएको स्रोतले जनाएको छ।
घाइतेलाई थप उपचारको लागि गुल्मी अस्पताल पठाईएको छ। अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ।थप अनुसन्धान भईरहेको।


