रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा आएको छ । ३०० /  ५००/ ६०० /८००/ १००० र १५०० का स्थिर मूल्यमा महिला तथा पुरुष दुवैका लागि  उपलब्ध हुने गरी सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो ।

सालझण्डीको प्रहरी चेकिङ  पोस्ट छेउ एन आइ सी एसिया बैंक भएको घरमा  आज सोमबार औपचारिक रुपमा उद्‌घाटन गदै हाउस सञ्चालनमा आएको छ  । वर्तमान समयमा युवा तथा व्यवसायीहरू प्रदेशिने अवस्थामा साहस गरेर आफूले स्वदेशमै व्यापार व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले  हाउस सञ्चालन गरेको सञ्चालक निरज राना भाटले जनहित अनलाइन सँग बताउनु भयो ।

 

उक्त हाउसमा सबै उमेर समुहलाई मिल्ने सबै किसिमका गुणस्तरयुक्त कपडाहरू उपलब्ध रहेको बताउनु भयो । १५ दिन सम्मका लागि विशेष छुट र  विभिन्न अफरहरू  रहेको सञ्चालक भाटले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *