हथौसा लिटिल स्टारमा अभिभावक अभिमुखीकरण सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु।  कपिलवस्तुको बाणगङ्गा स्थित ओदारीमा रहेको हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेभएकाले उक्त कुराको बोध गराउन अभिमुखीकरण कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले पछिल्लो समय बालबालिकाहरूमा व्यवहारिकता तथा नैतिकता हराउँदै गैरहेको भन्दै यस्तो कार्यक्रमले त्यसको समाधानका लागि महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो । बालबालिकालाई डर धम्की र त्रास बाटै अनुशासन ल्याउन सकिन्छ भन्ने गलत धारण मौलाउँदै गैरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । बालबालिकालाई हरेक पक्षमा अब्बल बनाउन परिवारका सदस्यहरूको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो । विद्यार्थीको भविष्य सफल बनाउन शिक्षक सँगै परिवारका हरेक सदस्यको उतिकै भुमिका रहने उहाँको भनाई छ ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले हाम्रा बालबालिकाको पढाई बिग्रदा दोष शिक्षक र विद्यालयलाई लगाउने गरिएको भन्दै सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी अभिभावकको हुने बताउनुभयो । भविष्यका कर्णधार बालबालिकाको बारेमा बुझ्नको लागि अभिभावकहरु नियमित विद्यालयमा आउनुपर्नेमा जोड दिनुभयो

। त्यस्तै स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले आफ्नो विद्यालयमा अध्यन गरेका बालबालिका हरेक क्षेत्रमा अब्बल रहेको भन्दै त्यसको निरन्तरताका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक मोटिभेसनल ट्रेनर प्रितम पौडेलले पैसाले मात्र छोराछोरीको भविष्य राम्रो नहुने भन्दै अभिभावको समय आवश्यक पर्ने बताउनुभयो । साथै उहाँले पछिल्लो समय बालबालिका मोबाइलमा धेरै भुल्ने गरेको भन्दै त्यसको जिम्मेवारी अभिभावकले लिनुपर्ने बताउनुभयो । त्यस्तै प्रशिक्षक पौडेलले छोराछोरीलाई अनुशासन सङ्गै व्यवहारिक बनाउन अभिभावक तथा परिवारका सदस्यले प्रयोग गर्ने भाषा, व्यवहार, चालचलन राम्रो हुनुपर्ने, घरको वातावरण शान्त हुनुपर्ने, बालबालिकालाई सजायको नाममा गालीगलोज तथा शारीरिक यातना दिननहुने, अन्य व्यक्ति सङ्ग तुलना गर्न नहुने बताउनुभयो । उहाँले अभिभावक र बालबालिकाको सम्बन्ध समधुर गराउने उपाय, छोराछोरीलाई अनुशासनमा राख्ने उपाय, अभिभावक तथा बालबालिकाको जिम्मेवारी तथा कर्तव्य लगायतको विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

विद्यालय सञ्चालक समितीका निवर्तमान अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी देविका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा समाजसेवि,बुद्धिजिवि, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *