कपिलवस्तुको मायादेविका ३८५ कृषकलाई स्प्रे टंकी प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कृषकहरुको सहजताकालागि कपिलवस्तुको मायादेवी गाउपालिका ५ बलुहवामा ३८५ कृषकलाइ ८० प्रतिशत अनुदानको स्प्रे टंकी उपलब्ध गराइएको छ ।

गाउपालिका प्रमुख वलीउद्दिन मुसलमान, वडाध्क्ष राघवेन्द्र प्रसाद पाण्डेय, वडा सदस्य अनुप कुमार तिवारी , वडा सचिव श्याम कुमार कामतले किसानलाइ सो टंकी हस्तान्तरण गरेका थिए । टंकीको प्रति इकाइ लागत ४ हजार ५ सय र १८ लिटरको हो ।

सो अवसरमा पालिकाका प्रमुख मुसलमानले कृषकहरुको समेत आफनो २० प्रतिशत लागनी भएकाले यो टंकीको सदुपयोग हुने बताए ।उनले कृषकहरुको हितलाई यो वडाले ध्यान दिएको भन्दै अन्य सबै वडाले समेत कृषकहरुको मीर मर्का बुझेर अघि बढनु पर्ने बताए ।

उनले आफनो पालिकाले समेत कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले न्युन बजेट भए पनि वडा र पालिकाले आ आफनो स्तरबाट कृषि क्षेत्रमा लागनी गरेको उनले बताए । सो अवसमरमा वडाध्यक्ष पाण्डेयले यो टंकीले आफनो वडामा रहेको कृषकहरु लाभांबति हुने बताए ।

उनले धान गहु तरकारी लगायतमा कीर नियन्त्रणमा यो टंकी उपयोगी हुने बताए । उनले कृषकहरुको हीतमा आफुले सधै काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *