जनहित अनलाइन , कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा १३ मा अपाङ्ग सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएका छन।
शनिबार वडा कार्यलयको सभाहलमा सम्पन्न गरिएको कार्यक्रममा वडा भित्र रहेका अपांगहरुको भेला गरि वडा स्तरीय समिती गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष दुर्गा बहादुर बि.सि ले जनहित अन्लाईनसंग बताउनु भयो।
सोही कार्यक्रममा वडा भित्र रहेका १२ जना अपाङ्ग विद्यार्थीहरुलाई कपि,कलम लगायतका शैक्षिक सामाग्री बितरण गरिएको छ।
कार्यक्रममा वडा सचीव कल्पना भण्डारी,वडा भित्र रहेका अपाङ्गहरु,समाजसेवि, शिक्षक,विद्यार्थी,राजनैतिक दल लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य तुलसा बि.सि,समाजसेवी नुन बहादुर बि.सि, लगायतले मन्तव्य राख्नु भएको थियो। तारापती बि.सि को अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दुर्गा बहादुर बि.सि को प्रमुख आतिथ्यता वडा सदस्य टान बहादुर बि.सि को स्वागत मन्तव्य रहेको कार्यक्रम तुल्सा बि.सि को सन्चालनमा सप्पन्न भएको थियो।


