कपिलवस्तु । जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पछिल्लो समयमा साम्राज्यवादको प्रभुत्व बढ्दै जाँदा नेपाली राष्ट्रियतामाथि गम्भीर चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्धारा शनिबार आयोजित कपिलवस्तुको ४ नं मा संम्पन्न जनसभामा सम्बोधन गर्दै महासचिव भट्टले ‘सत्तारूढ दलहरूमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको प्रभुत्व बढ्दै गएको र सोही क्रममा एमसिसी नेपालमा पारित गराइएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘यसले गर्दा नेपाली राष्ट्रियतामाथि गम्भीर चुनौती थपिएको छ ।’
पुराना पार्टीबाट आफ्नो स्वार्थ पूरा नभएर नयाँ शक्तिसमेत निर्माण गर्दा राष्ट्रियतामाथिको चुनौती झनै बढेको उहाँको धारणा थियो ।
‘सत्तारूढ काङग्रेस, एमालेलगायतले अमेरिका र भारतको हितसाधन गरेकै छन् तर त्यतिले मात्र पुगेन’ उहाँले भन्नुभयो–’अमेरिकी साम्राज्यवाद नेपालमा चीनप्रति तटस्थ नीति त्यागेर पूरै अमेरिकी पिछलग्गु भूमिका खेल्न सक्ने पार्टी खोजिरहेको छ ।’ भट्टले काग्रेस, एमाले र माओवादीका कारण गणतन्त्र कमजोर भएको आरोप लगाउनुभएको छ ।
नयाँ संविधान पछिको तथ्याकं हेर्दापनि आलोपालो सत्तागमन गर्दै देशमाथि रिणको भार थोपर्ने बाहेक अरु केहि गर्न नसक्दा व्यवस्था कमजोर स्थितिमा पुगेको उहाँको जिकिर छ ।
सत्तारुढ दल र नेताको गलत प्रवृतिका कारण राजावादी र प्रतिगमनकारीहरु सल्बलाउने क्रम बढेकोले देश र व्यवस्था जोगाउन नागरिक एक जुट हुनुपर्नेमा उहाँको जोड छ । दलका नेता र नातागोता व्यवस्थापन गर्ने थलो बनेको संघियता खारेजीको विकल्प नभएको भन्दै महासचिव भट्टले आसन्न चैतमा राजमोको आयोजनामा हुने संघियता बिरुद्धको काठमाडौं केन्द्रित आन्दोलनलाई निर्णायक
बनाउन आम नागरिक संग अपिल समेत गर्नुभएको छ । नेपालमा सङ्घीयताले कुनै फाइदा नगरेको बताउँदै उहाँले त्यसबाट नेपाली राष्ट्रियतामाथि नयाँ चुनौती थपिएको मात्रै होइन, आम जनतामाथि करआतङ्क कायम गरिएको भन्दै
नेपाल इतिहासदेखि नै अखण्ड रहेको र ‘हाम्रोजस्तो प्राचीनकालदेखि नै एकताबद्ध भएर बसेको देशमा सङ्घीयता लागु गर्नु भनेको देशलाई टुक्राटुत्रामा बाँड्नु प्रपञ्च अव नटिक्ने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दैमुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ठाकुर खनालले संघियता विरोधी आन्दोलन मसालको मात्र नभएर
सम्पूर्ण देशभक्त नेपालीको आन्दोलन भएको हुदाँ सवैले खुलेर समर्थन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अन्य पार्टीका साथीहरु सार्वजनिक रुपमा नदेखिने तर संघियता बेठिक हो तपाईहरुको आन्दोलन महत्वपुर्ण छ भन्ने गर्दा देश अव टिक्नै नसक्ने अवस्थामा पुगेको बताउनुभएको थियो । त्यस्तै नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले राजमो देशभक्ति, अन्याय, अत्याचार, जनजिविकाका सवालमा महङ्गी, भष्ट्राचार, र संघियता विरुद्ध निरन्तर खबरदारीमा लागेको हुदाँ नेकपा मसालको समर्थन रहेको र यसमा आम नेपालीले साथ दिनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनले पनि सङ्घीयतालाई धक्का दिन सक्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान का कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासेको अध्यक्षतामा संम्पन्न कार्यक्रममा विभिन्न जनवर्गिय संगठनका नेता कार्यक्रताले संम्बोधन गरेका थिए ।- लुदस


