क्यान्सर रोगसँग लडिरहेकी माहिरालाई बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशद्वारा आर्थिक सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल ,बाणगंगा ।  कपिलवस्तुको बाणगंगा नगरपालिका- ९ भर्तापुरकी ६ वर्षीय बालिका माहिरा विश्वकर्मा पछिल्लो छ महिनादेखि क्यानसर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको भन्दै माहिरा परिवारले दाताहरूसँग सहयोग मागेका हुन ।

सोहि क्रममा यता  बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशले  माहिराको उपचारका लागि आर्थि सहयोग गरेको छ ।  ग्रुपकि अध्यक्ष अनिता बन्जाडे , बिश्नु गौतम र रचना खनालको नेतृत्वमा संकलन भएको आर्थिक रकम आज पौस २९ गते सोमबार उनको घरमा पुगि  स्वास्थ्य लाभको कामना गर्दै आर्थिक स्वरुप रु ३०९५० (तीस हजार नौ सय पचास ) रुपैयाँ सहयो गरेको ग्रुपले जनहित अनलाइन सङ्ग बताएको छ ।

ग्रुपकि संथापक अध्यक्ष अनिता बन्जाडे , सदस्य कृष्णा पुरि , बिन्दु आचार्य  , गङ्गा न्यौपाने र अर्चना बस्नेतको उपस्थितिमा बिरामिको परिवारलाई उक्त रमक बुझाएको हो ।

बिगत ६ महिना देखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा रोग निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको उनका परिवारले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *