एघारौँ बराहदह माघी एवंम साँस्कृतिक मेलाको तयारी तीब्रः वडा अध्यक्ष के.सी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।  स्थानिय कला तथा संस्कृतिको सम्मान र जगेर्ना गरौँ, बराहदहलाई धार्मिक एवंम पर्यटकिय रूपमा प्रबर्द्धन गरौँ, भन्ने मुल नारा सहित अर्घाखाँचीको शितगङ्गामा एघारौँ बराहदह माघी एवं साँस्कृतिक मेला आयोजना हुने भएको छ । माघे सक्रान्तिको अवसरमा शितगंगा नगरपालिका वडा न। ९ मा उक्त मेला सञ्चालन हुन लागेको हो ।

जिल्लाकै गोही पाईने एकमात्र दहलाई धार्मिक एवं पर्यटकिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यका साथ निरन्तर माघी पर्वको अवसर पारेर मेलाको आयोजना गरिदै आएको हो । उक्तमेलामा आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती साथमा खुला झाँकी तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता पनि रहेको वडा सचिव खगेन्द्र तिरुवाले जानकारी दिनुभयो ।

त्यास्तै सोही कार्यक्रमलाइ सफल पार्ने वडा अध्यक्ष भिम बहादुर के।सी।ले उपस्थितिको लागि सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाईहरूलाई आवान गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *