आज २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। जसको प्रभावस्वरु अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यी दुवै प्रदेशका थोरै स्थानमा आज हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको मौसम आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *