खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य कार्की सम्मानित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य विश्व कार्की सम्मानित हुनुभएको छ । महासंघको चौथो राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका केन्द्रिय सदस्य कार्कीलाई बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा २ नन्दनगर कपिलवस्तुले दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो । कार्की बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगा नगर अध्यक्ष पनि हुनुहुन्छ ।

सम्मान ग्रहण गर्दै केन्द्रिय सदस्य विश्व कार्कीले केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित गराउनुहुन सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै जिम्मेवारीलाई कुशलता पुर्वक पुरा गर्ने बताउनुभयो । उहाँले सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि प्रदेश तथा केन्द्रको महासंघसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । कार्कीले कपिलवस्तु जिल्ला मात्र नभई अब देशभरका खानेपानी आयोजनाको विकासका लागि सदैव तयार रहेको बताउनुभयो । उहाँले बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले उपभोक्ताको माग र आवश्यकताको आधारमा काम गरिरहेको बताउँदै खानेपानी संस्थाको समृद्धिमा लाग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बाणगां नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा कार्कीलाई बधाई ज्ञापन गर्दै खानेपानीको अभियान्ताको रुपमा अगाडि बढेको भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । वडाध्यक्ष पौडेलले यो वडाको लागि गर्वको कुरा भएकाले जिम्मेवारी कुशलता पुर्वक पुरा गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, बाणगंगा नगरकार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मुक्त बहादु कार्की, सरसफाई उप समिति जगतराज रेग्मी लगायतले शुभकामना मन्तब्य राख्दै केन्द्रि सदस्य कार्कीको काम गर्ने शैलिको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी संस्थाका पदाधिकारी, सदस्य, विभिन्न उप समितिका संयोजक तथा सदस्य, विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको संस्थाका व्यवस्थापक अनिमा खरेलले जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष हर्क बहादुर कार्कीको अध्यक्षता, पानी सुरक्षा समिति संयोजक कृष्ण प्रसाद भण्डारीको स्वागत मन्तब्य तथा सचिव हिमलाल अधिकारीको अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *