जनहित अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चन्द्र प्रसाद खनाल बलदेवले पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै जनताका बीचमा पार्टीको लोकप्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दोस्रो वडा अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले पार्टीलाई जनमुखी बनाउन ग्रासरुट स्तरमा संगठन विस्तारको महत्वमाथि जोड दिनुभएको छ । साथै, उहाँले वर्तमान राजनीतिक परिस्थिति, विकास निर्माणका प्राथमिकता, र जनअपेक्षालाई सम्बोधन गर्ने विषयमा पनि आफ्ना विचार राख्नुभएको छ । इन्चार्ज खनालले अधिवेशनले संगठनलाई सुदृढ गर्दै पार्टी कार्यकर्ता र जनसमुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्त र विचारधारामा अडिग रहँदै जनताको विश्वास जित्न सबै कार्यकर्ताहरूलाई निर्देश गर्नुभयो ।
जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रुद्र वन्जाडेले बोल्दै पार्टीलाई थप जिम्मेवार, पारदर्शी, र परिणाममुखी बनाउन वडा स्तरको भूमिका महत्त्वपूर्ण रहेको औंल्याउनु भयो । उहाँले पार्टीले विगतमा खेलेको भूमिका र आगामी दिनमा गर्नुपर्ने कामबारे चर्चा गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विषयमा जोड दिनुभयो । केन्द्रिय सदस्य वन्जाडेले पार्टीलाई सशक्त बनाउँदै आगामी दिनमा विकास र समृद्धिका लागि एकीकृत ढंगले काम गर्न सबै तहका कार्यकर्तालाई आह्वान गर्नु भयो ।
जिल्ला संयोजक विष्णु बेलबासी, वैकल्पिक केन्द्रिय सदस्य सेरमान चौधरीले बोल्दै पार्टीको संगठनलाई स्थानीय स्तरमा सुदृढ बनाउन वडा तहका अधिवेशनहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नु भयो । उहाँले जनताका समस्यालाई नजिकबाट बुझ्न र तिनको समाधानका लागि प्रभावकारी कदम चाल्न संगठनको जिम्मेवारी रहेको कुरामा जोड दिनुभयो ।
प्रदेश कमिटि सचिवलय सदस्य सुकई थारु, नारायण भुसाल,प्रदेश कमिटि सदस्य सुवास सल्यानी,टुकलाल पुन,प्रदेश परिष सदस्य हुमनाथ पौडेल, प्रदेश सदस्य देवराज अर्याल, जिल्ला नेता टोपनारण बेल्लबासे, नगर कार्यवाहाक अध्यक्ष टेकेन्द्र क्षेत्री, नगर सचिव प्रेम विक, वाईसियल जिल्ला संयोक राकेश यादव, अनेमा संग कान्तिकारी कपिलवस्तु संयोजक इन्दिरा पंथ लगायतले बोल्दै पार्टीका सबै तहका कार्यकर्ताहरूलाई एकताबद्ध भएर संगठनलाई बलियो बनाउँदै विकास, समृद्धि, र जनताको सेवा गर्ने उद्देश्यमा लाग्नु पर्ने बताउनु भयो ।
निर्वाचन समितिका अध्यक्ष भोजराज आचार्यले संगठनको सुदृढीकरण र जनसमर्थन बढाउन अधिवेशनले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
विष्णु पौडेलेको अध्यक्षता, महिला संघ प्रदेश सचिवालय सदस्य रेवता पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन भागिरथ न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द्र पौडेल कोपिल निर्वाचन समितिका सदस्य गिता बन्जाडे, मोहन अधिकारी ,पाटीको केन्द्र जिल्ला तहका नेताकार्यकता, सल्लाकार लगायको उपस्थित रहेको थियो ।
दोस्रो वडा अधिवेशले विष्णु पौडेलेको अध्यक्षतामा २१ सदस्य सर्वसम्मत रुपमा निवार्चित भएको छ । नवनिवार्चित पौडेलले वडा स्तरमा पार्टीलाई सशंतm,संगठित र जनता संग नजिक बनाउने महत्वपुर्ण दायित्वमा सबैको साझा आवश्यक रहेको बताउनु भयो । साथै आगामी दिनमा पाटीलाईलाई बलियो बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उपाध्यक्ष ज्वालीलाल घिमिरेले माओवादी पाटीलेले सधै पार्टी र जनताको हितलाई प्राथमिकता दिने बताउनु भयो ।





