उप-प्रमुख भाट बृद्धा र बालबालिकाको साहारा बन्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । शितगंगा नगरपालिका का उपमेयर गीता भाटले आफ्नो सामाजिक कार्य अन्तर्गत विद्यार्थीहरूको शैक्षिक विकास र जेष्ठ नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन महत्त्वपूर्ण कदम उठाउँदै आइरहनुभएको छ।

हालै मात्र उहाँले शितगंगा नगरपालिका–२, मुलाबारीस्थित जनजागृति आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। उक्त सामग्रीमा झोला, टोपीलगायतका अन्य शैक्षिक सामग्री समावेश थिए।

यसैगरी, उपमेयर भाटले जेष्ठ नागरिकहरूको सम्मान र दैनिक जीवनको सहजताका लागि विशेष ध्यान दिदै उहाँले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई विभिन्न गाउँ र वडाहरूमा पुगेर हाइनेक तथा दैनिक प्रयोजनका सामग्रीहरू वितरण गर्दै आउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *