गुल्मीमा घाँस काट्ने क्रममा एक महिलाको ज्यान गयो ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी शंकर पोखरेलले बताए ।

साथीहरूसँगै ढार खोला सामुदायिक वनमा घाँस काट्न गएकी विक भिरबाट करिब ९० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
मृतक विकको घर धुर्कोट गाउँपालिका वडानम्बर–६ किमुखर्क हो । उनी दशैंयता माइतीमै बस्दै आएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *