मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन,कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीमा सुरु गरेको क्लिन स्वीप अपरेशनमार्फत मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने २६ वर्षीय शिव जयससवाल, गणेश राजभर, शनि भर, सियारी ७ का शिवकुमार मल्लाह र सोही स्थानका अनिल यादव रहेका छन् ।

यसैगरी, पाल्पाको माथागढी गाउँपालिका घर भई बुटवल बस्ने अर्जुन परियार समेत पक्राउ परेका छन् । उनीहरुको साथबाट एफजेड भी २, पल्सर, अपाचे, एनएस २००, रोयल इन्फिल्ड मोटरसाइकल बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार रुपन्देहीका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजतलास गर्ने तथा चोरी नियन्त्रण गर्ने उद्देश्यले मङ्सिर महिनामा क्लीन स्वीप अपेशन सुरु गरिएको थियो ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अपरेशनकै क्रममा चोरी गरिएका मोटरसाइकलका साथ चोरीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *