जनहित अनलाईन, कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङेमा कार्यरत प्रहरी निरीक्षक बिर बहादुर सुनारलाइ मङ्सिर ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मान गरिएको छ ।
प्रहरीमा रहेर सेवा गर्नेहरूमध्ये मासिक रुपमा गरिने ‘महिनाको उत्कृष्ट प्रहरी’बाट निरीक्षक सुनारलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
लागूऔषध नियन्त्रण, फरार अपराधी पक्राउ, चोरी नियन्त्रणलगायत कार्यमा अहम् भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च बनाएको भन्दै उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


