बाल ज्योतिका बालबालिकालाई वडा स्तरिय युवा क्लवद्धारा शैक्षिक सामग्री प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित वडा स्तरिय युवा क्लवले सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिईरहेको छ । बाणगंगा २ पिपरा कपिलवस्तुमा क्रियाशिल वडा स्तरिय युवा क्लव फेरी अर्को उदाहरणिय कार्य गर्न सफल भएको छ ।

वडा स्तरिय युवा क्लवले बाणगंगा २ कप्टैया स्थित बाल ज्योति आधारभुत विद्यालयका वालवालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरि शिक्षा क्षेत्रमा उदाहरणिय काम गरेको छ । विद्यालयमा पठनपाठनसंगै खेलकुदमा पनि वालवालिकाहरुलाई योगदान गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो । क्लवले विद्यालयका वालवालिकाहरुलाई कापि, पेन्स्लि, ईरेजर, सार्पनर, रंग, रेखाचित्र कागज, मार्कर तथा खेलकुद तर्फ लुडो खेल खेल्ने सामग्री प्रदान गरिएको वडा स्तरिय युवा क्लवका अध्यक्ष बिमल घिमिरेले जानकारी दिनुभएको छ ।

May be an image of 11 people, child and text

विगत देखिनै क्रियाशिल उक्त क्लवले विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेको छ भने वडाका अन्य संघ संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्नीय सहयोग समेत गर्दै आईरहेको अध्यक्ष घिमिरेले बताउनुभयो । सामग्री पाएसंगै वालवालिकाहरुले खुसी व्यक्त गर्दै क्लवलाई धन्यवाद दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद चौधरीले क्लवले विद्यालयलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै वालवालिकाहरुको शैक्षिक क्रियाकलापमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा वडा स्तरिय युवा क्लवका अध्यक्ष बिमल घिमिरेको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक पार्वता गौतमको विशिष्ठ आतिथ्यता, शिक्षक अभिभावक संघ सदस्य महेन्द्र बहादुर भण्डारी, सुचना अधिकारी प्रतिभा भट्टराईको आतिथ्यता तथा सहित वडा स्तरिय युवा क्लवका सदस्यहरु सुशान्त कार्की, कुशल भुसाल, आशिष गाहा, श्रीराम बस्याल, अरुण थापा क्षेत्री, नारायण थापा, कुशल न्यौपाने, रेशम कार्की, हरि पोख्रेल लगायतको उपस्थिती रहेको थियो । -हरि आचार्य/लुम्बिनी दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *