झण्डै ५० लाखको सुनसहित बाणगंगाका दुई जना रुपन्देही बाट पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपनदेही । रुपन्देहीमा झण्डै ५० लाख मूल्य बराबरको सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मियाँ र सोही नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बस बुटवलको रामनगरमा जाँच गर्दा राजस्व छलेर भित्राइएको सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । पक्राउ परेका व्यक्तिको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको उनले बताइन् । उनका अनुसार ४९ लाख ५४ हजारभन्दा बढी मूल्यको बरामद सुन बिस्कुट आकारमा छ ।

बरामद सुन र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ । -कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *