बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ ।
बाणगंगा ८ निवासि प्रतिक भण्डारी र सरोज सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनी दुवै जना बाणगंगा माध्यमिक बिद्यालय लौगाईमा कक्षा ७ अध्ययनरत बिद्यार्थी थिए ।

साथीहरु संग उनी मोर्मी ढोडेकोलको खोलामा पौडी खेल्न गएका थिए ।
पिपरा अस्पतालले उनीहरुलाई मृत्त घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । अस्पताल ल्याउदानै दुवै जनाको मृत्यु भई सकेको पिपरा अस्पतालले जानकारी दिएको छ । ।


