कपिलवस्तु । बाणगंगा नगरपालिकामा रहेको बाणगंगा स्पोर्टस क्लबले बृहत् रूपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त क्लबले नेपाली क्रिकेट टीमको प्रशंसनीय खेलका लागि गरेको प्रतिबद्धता अनुसार आयोजित बृक्षारोपण कार्यक्रम गरेको हो।
बाणगंगा स्टार्स स्पोर्ट्स क्लबका अध्यक्ष मनिष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष सञ्जु कुमार सारू मगर त्यसैगरी स्वास्थ्य सेवा केंद्र प्रमुख ईस्वरा खरेलको विशिष्ट अतिथ्यता, स्वास्थ्य सेवा केंद्र बेवस्थापन समिति सदस्य बुद्धि सागर बेलवासेको अतिथ्यता, स्वास्थ्य सेवा केंद्रका कर्मचारीहरुको अतिथ्यता, क्लबका पदाधिकारीहरु साथै क्लबका सदस्यहरुको विशेष उपस्थितिमा सुन्दर नगरी बाणगंगा नगरपालिका ०१ उत्त्मनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बृहत बृक्षारोपण कार्यक्रम समापन भएको कार्यक्रमको संजोजक किरण घिमिरे रहेका थिए। क्लबका अध्यक्ष घिमिरेले कार्यक्रमलाई सफल पार्न सहयोग साथ दिनुहुने सम्पुर्णलाई उच्च कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् ।

