‘स्थानियको गुनासो प्रति नगर गम्भीर बन्न सकेन’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । स्थानियहरुको गुनासो प्रति नगरपालिका गम्भिर बन्न नसकेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका स्थानियहरुले गुनासो गरेका छन । नगरवासीहरुका समस्या छरपस्ट हुँदा पनि नगर चासो नदेखाएको उनीहरुले गुनासो गरेका हुन ।

आज विहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पिपरामा अयोजना गरेको बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन । कार्यक्रममा कमल परियार, सीता पोख्रेल, उषा अर्याल, हेमन्त पौडेल सीता लामिछाने लगायतले बाटो, ढल निर्माण कार्य गुणस्तरीय नभएको, नदि नालामा अनुगमन नभएको, समयमा कृषकको लागि बिउ, मल नपाएको, विद्युतका तारले सडक छुदा सम्म वाास्ता नगरेको, दुधको उचित मूल्य नपाएकाmे, शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाउन नसकेको, छाडा पशु चौपायाको व्यव्स्थापन नभएको, युवा पुस्तामा मौलाउँदै गएको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न नसकेको, खानेपानि फोहोर व्यवस्थापन नभएको, सरकारी अस्पतालको सेवा प्रभावाकारी नभएको, भौगोलिक र जनसख्याको आधारमा बजेट विनियोजन नगरिएको, लगायतका गुनासो उठान गरेका थिए ।

May be an image of 9 people, people studying and text

स्थानीयहरुको प्रश्नहरुलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले समग्र नगरवासीहरुको समस्यालाई मध्यनजर गर्दै नगरले काम गरेको बताउनुभयो । नगरवासी र नगरको विकासको लागि विशेष योजना र कार्यक्रमका प्याकेजका साथमा आफुहरु अगाडी बढिरहेको उहाँले बताउनुभयो । नदी कटान भएका गुनासोमा अनुगमन गरेका उहाँले बताउनु भयो । नगर प्रमुख अर्यालले नगरमा सिमीत स्रोत साधनमा धेरै काम गर्नु पर्ने भएकाले सबैका माग पुरा गर्न नसकेको स्विकार गर्दै आगमी दिनमा सबै क्षेत्रलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

May be an image of 9 people and text

कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनिले बाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षाको बारेमा बताउदै नगरपालिका अन्र्तगत नगरमा भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको भएको बताउनु भयो ।

त्यस्तै नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र कुषि शाखा प्रमुख लेष बहादुर के.सी. लगायतले बोल्दै आ आफनो क्षेत्रमा आएका गुनासोहरुलई सम्बोधन गर्दै अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो ।

May be an image of 8 people, dais and textMay be an image of 7 people, people studying and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *