बिष्णु खरेल, कपिलवस्तु । प्रधान कार्यलय बाणगङ्गाको चारनम्बर बाट सेवा दिदै आईरहेको यस बुद्ध प्रोफेशनल एकेडमी प्रा.लि. ले बैसाख ४ गते देखि निशुल्क ब्रीज कोर्ष सञचालन गर्न लागेको हो । यस क्षेत्रमै सबै भन्दा बढी बिद्यार्थीलाई तयारी कक्षा (Bridge Course ) अध्यापन गराउदै आएको सस्थाले बिगत ६ बर्ष देखि यस क्षेत्रमा सेवा दिदै आइरहेको छ ।
बिद्यार्थीहरु तयारी कक्षा लिनु बाट बञ्चित हुनु हुदैन भन्ने कुरालाई ध्यानमा राख्दै सबै बिद्यार्थी लाई समावेश गरि निशुल्क तयारी कक्षा संचालन गर्न लागेको सस्थाका प्रबन्धक तथा सञ्चालक नेत्र भुषाल बताउछन । अघिका वर्षमा पनि आर्थिक अवस्था कम्जोर भएका तथा बिपन्न बिद्यार्थी लाई छात्रवृत्तिमा अध्यापन गराउदै आएको र अहिले तयारी कक्षा लिन बाट कोहि पनि बिद्यार्थी बञ्चित नरहुन भनी सबै समूह तर्फका कक्षाहरु ( बिज्ञान, ब्यवस्थापन, प्राबिधिक लगाएत विभिन्न समूह तर्फका तयारी कक्षाहरु सञ्चालन हुने बताए । स्थानिय लगाएत बुटवल तथा काठमाडौका अनुभवी प्रशिक्षकहरु द्वारा अध्यापन गराई बिद्यार्थीलाई मनोरञ्जन, खेलकुद तथा भ्रमण सङ्गै रमाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।
यस सस्थाले प्रत्येक वर्ष काठमाडौ तथा बुटवलका बिधालयहरुमा बिद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा स्थापित गराउदै आएको थियो । करिब १२ वर्ष देखि शिक्षण पेशामा आवद्ध रहेका भुषाल अहिले उक्त सस्थामा अंग्रेजि भाषा IELTS, PTE हरु अध्यापन गराई रहेका छन ।
यस सस्थाका सञ्चालक समेत रहेका जिवराज भट्टराईले अहिलेको अवस्थामा बिद्यार्थीहरुलाई तयारी कक्षाहरु बाट बञ्चित हुन नदिन सदैव तत्पर रहने बताए ।
अहिले यस सस्थाले बिद्यार्थीहरुका आवश्यकतालाई मध्यनजर गर्दै बिशेष गरि कम्प्युटरका सबै level ,अंग्रेजी भाषा ( IELTS, PTE) , जापानीज भाषा, कोरियन भाषा, मन्टेश्वरी तालिम तथा टिउसन कक्षाहरु संञ्चालन गर्दै आएको छ । प्रधान कार्यालय चारनम्बर चोक बाट १५० मिटर पश्चिम र शाखा कार्यालय बाणगङ्गा ५ झण्डा र बाणगङ्गा ८ चप्परगाउ बाट सेवा दिदै आएको छ ।

