शिवराजमा टिप्परको ठक्कर बाट सहचालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा सडक दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा न ९ को दश नम्वरमा टिप्परको ठक्करवाट उक्त टिप्परकै सहचालकको मृत्यु भएको हो

ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट विजयनगर गाँउपालिका वडा न २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले जनाएको छ ।

मृतक मुस्लमानको शव पोष्टमार्टमको लागी शिवराज आधारभुत अस्पताल चन्द्रौटामा राखिएको छ । ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले वताएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले वताएको छ । -न्युज सेन्टर नेपाल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *