ब्राइट लुम्बिनीको १३औँ वार्षिकोत्सव भव्यताकासाथ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन , कपिलवस्तु । ब्राइट लुम्बिनी  इनटरनेशनल एजुकेसन प्रा लि चारनम्बर कपिलवस्तुको १३औँ वार्षिकोत्सव  बाणगङ्गा स्थित पिस हिमालयन रिसोर्टमा शुक्रबार सम्पन्न भएको छ।

वार्षिकोत्सवको अवसरमा  प्रथम ब्राइट डान्स आइडल एकल नृत्य  प्रतियोगिता  सम्पन्न भएको छ ।  आइडलमा १३ जना प्रतिस्पर्धी सहभागि भएका थिए । सहभागि प्रतिस्पर्धीहरूले नेपाली संस्कृति झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

साथै जापानी र कोरियन भाषा अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई  तथा सम्मान ज्ञापन  गर्दै मायाको चिनो प्रदान गरिएको थियो।

संस्थाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउँदै आएको अवस्थामा आगामी दिनमा पनि गुणस्तरीय भाषा शिक्षा सँगै व्यक्तित्व विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रम संस्थाका प्रबन्धक असिम कडेल क्षेत्रीको अध्यक्षता, बाणगङ्गा नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, वडा नम्बर चारका वडा अध्यक्ष छवि रेस्मिको विशिष्ट आतिथ्यता र बाणगङ्गाका शिक्षा शाखा प्रमुख  युवराज भुसाल लगायतको  आतिथ्यता रहेको थियो । पुर्णचन्द्र परियारको सञ्चालन रहेको कार्यक्रममा बिभिन्न  क्षेत्रका अतिथि, प्रशिक्षक, कलाकार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

सहभागीहरूले ब्राइट लुम्बिनीले भाषा शिक्षा, सीप विकास तथा विद्यार्थीको प्रतिभा अभिवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *