जनहित अनलाईन,कपिलवस्त । अर्घाखाँचकिो शितगङ्गा नगरपालिकामा भएको अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गौरा मा.वि रजिया प्रथम भएको छ । वडा न १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १२ विद्यालयलाई पछि पार्दै गौरा मा.वि. प्रथम भएको हो ।
प्रतियोगितमा ज्योती मा. वि. ठाडा, दोस्रो पावर मा.वि. ले तृतिय स्थान हासिल गर्न सफल भएको हो ।
जेष्ठ १२ गते भएको प्रतियोगितामा प्रथम हुने गौरा मा.वि. ले रु १५ हजार रुपैयाँ, दोस्रो स्थान हासिल गरेको ज्योति मा.वि. ले रु १० हजार र ००० रुपैयाँ र तेस्रो स्थान हासिल गरेको पावर मा.वि. ले ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
शिक्षामा सुधार तथा विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्ने उदेश्यले प्रभाकार मा.वि. का पुर्व विद्यार्थीहरुको समुहले नगर भित्रका माध्यमिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेका हुन ।
प्रतियोगिता कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, शितगङ्गा नगरपालिका वडा न.१३ का वडा अध्यक्ष दुर्गा बहादुर बि.सि ले पुर्व विद्यार्थीहरुको सक्रियतालाई प्रशंसा गर्दै यसले शिक्षाको विकासमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।


