जनहित अनलाइन, कपिलवस्तु । सामाजिक क्षेत्रमा अग्रसर बैरिया युवा समाजको अग्रसरतामा देउराली घाटमा प्रतिक्षालय निर्माण गरिएको छ। वाणगङ्गा ट्रक व्यवसायी समितिको सौजन्य तथा वैरिया युवा समाजको सक्रिय सहयोगमा देउराली घाट क्षेत्रमा बिहान प्रतिक्षालय निर्माण गरिएको हो ।
अर्घाखाँची तथा कपिलवस्तु बाट दाहा संस्कारको लागि धेरै प्रयोग भैरहेको उक्त स्थानमा आवश्यकता महसुस गरि सामूहिक श्रमदान कार्यक्रममार्फत प्रतिक्षालय निर्माण गरिएको संस्थाका अध्यक्ष महेस पन्तले जानकारी गराउनुभएको छ। संस्थाले विगतमा पनि उक्त क्षेत्रमा सरसफाई लगायतका कार्य गर्दै आइरहेको भन्दै आगामि दिनहरुमा पनि विभिन्न संघसंस्थाहरु सङ्ग जोडिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।



