विशेष धार्मिक विधिपछि वालेन्द्रले राष्ट्रपतिबाट लिए प्रधानमन्त्री पदको शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । वालेन्द्र शाहले विशेष धार्मिक विधिपछि प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतलनिवास शुक्रबार आयोजिक विशेष धार्मिक विधिपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

शपथ अघि ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट अष्ठमंगल ध्वनी वाचनपछि बालेनले १२ बजेर ३४ मिनेटको शुभ साइतमा शपथ लिएका हुन् ।

शुक्रबार नै राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधान धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । २०७२ मा संविधान बनेपछि वालेन्द्र एउटै पार्टीले ल्याएको एकल बहुमतका प्रधानमन्त्री बनेका हुन् ।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिट जितेर पहिलो दल भएको थियो । रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *