जनहित अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५ औं दिवसको अवसरमा कपिलवस्तुमा वृक्षारोपण गरिएको छ । जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बाणगङ्गाको प्रमुख पर्यटकिय स्थल राजापानीमा वृक्षारोपण गरिएको जिल्ला अध्यक्ष असिम कडेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले २५ औं दिवसको अवसरमा विभिन्न फलफूलका २५ ओटा विरुवाहरु लगाइएको हो । ती मध्ये १० वटा लिचीका बिरुवा तथा १५ वटा आँपका बिरुवा रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । उहाँले संस्थाले गीत सङ्गीतमा मात्र नभएर समजका हरेक पक्षमा काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति कपिलवस्तुका पूर्व अध्यक्षहरु, निर्वर्तमान अध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।


