सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 सर्लाही । सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला परेका छन्। भारतीय सीमा नजिक पर्ने बलरा नगरपालिका-१० सुदामा बस्ने ६० वर्षीय भानु महतो र उनकी ५६ वर्षीया पत्नी निर्मलादेवी एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घरबाट करिब आधा किलोमटिर उत्तर पश्चिममा रहेको गोठमा उनीहरुको शव फेला परेको हो। गोठको बाँसको बलोमा दुबै जनाले प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको सर्लाहीका डीएसपी सरोज राईले जानकरी दिए।

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सोकोसहित प्रहरी टोली शनिबार बिहान घटनास्थलमा पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *