कपिलवस्तु । आई.एस.ओ तथा आई .एस.ए मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले यहि कुलले फागुन ५ गते १६ औं स्थापना दिवस मनाउने भएको छ । उपचाराका लागि आर्थिक सहयोग, खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको उक्त स्कुलले स्थापना दिवसको अवसरमा अभिभावक दिवस भव्य रुपमा मनाउने तयारी गरेको स्कुलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले जानकारी दिनुभयो ।
स्कुलले अभिभावक, विद्यार्थीहरू र सम्मानित अतिथिहरूलाई निमन्त्रणा गर्दै विद्यार्थीहरूले दशकौंको सिकाइ, वृद्धि र एकताको उत्सव मनाउँदै जीवन्त सांस्कृतिक प्रदर्शनहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दा सम्पुर्णको उपस्थितिले यो कोसेढुङ्गालाई अझ अविस्मरणीय बनाउने अपेक्षा व्यक्त गरेको छ ।


