कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी गतिविधि बढाएको छ । नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेसले चुनावी गतिविधि बढाएको हो ।
सोमबार कपिलवस्तु नगरपालिका वडा नम्बर नः ९ मा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेस उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई सही निकास दिन र गगन थापालाई प्रधानमन्त्री बनाउन सबै कांग्रेस एकजुट भएर चुनावमा होमीन आवश्यक रहेको बताए ।
जेन्जी आन्दोलनपछि देशलाई सक्षम नेतृत्व प्रदान गर्न आवश्यक रहेको जिकिर गर्दै मुसलमानले रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै सबै कांग्रेसजन एक मन भएर अगाडी बढनु पर्ने बताए ।
सो अवसरममा कांग्रेस नेता गणेश बहादुर क्षेत्री , ललित गुरुङले आआफनो धाराणा राखेका नेपाल बिद्यार्थी सघंका जिल्ला सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए ।


