रास्वपा उम्मेद्वार आचार्यको पत्रकार सम्मेलन: चुनाब जित्ने दाबी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन ।

चार्यले कपिलवस्तुमा समय–समयमा हुने साम्प्रदायिक तनाव र हिंसात्मक घटनाको स्मरण गर्दै केही घटनाहरू यही विभाजनकारी राजनीतिका परिणाम भएको बताए । “जात र धर्ममा विभक्त गरिँदा अन्ततः समाज द्वन्द्वतर्फ जान्छ, यसको पीडा कपिलवस्तुले पटक–पटक भोगिसकेको छ,” उनले भने ।

काँग्रेसभित्रै लामो समयदेखि चुनावी तयारी गरिरहेका युवा नेता आशिष शर्मालाई अन्तिम समयमा टिकट नदिइनु पनि सेन्टिमेन्ट राजनीतिसँग जोडिएको दाबी आचार्य निकट नेताहरूको छ । कपिलवस्तु–१ थारु र मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले पुराना दलहरूले यही आधारमा उम्मेदवार छनोट गरेको आरोप लगाइएको छ ।

रास्वपा उम्मेदवार आचार्यले भने आफू जातीय र धार्मिक विभाजन अन्त्य गरी सबै समुदायलाई एकताबद्ध गर्ने कानुन निर्माणका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “अब जनताको चेतनास्तर बढिसकेको छ, यसपटक सेन्टिमेन्टको राजनीति चुनाव जित्ने अवस्थामा छैन,” उनले दाबी गरे ।

आचार्यले आफूले ३५ हजारभन्दा बढी मत ल्याएर सानदार जित हासिल गर्ने ठोकुवा गर्दै काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको राष्ट्रिय क्रेज, पार्टीको सांगठनिक विस्तार र मतदातामा आएको राजनीतिक चेतनालाई आफ्नो बलियो आधार बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *