चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चिी, कपिलवस्तुले एम.एड प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको अभिमुखिकरण कार्यक्रमम सम्पन्न गरेको छ । आइतबार प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले मास्टर लेभलको अध्यनको लागि धेरै विकल्प हुँदाहुदैपनि सिद्धार्थ क्याम्पसलाई छनौट गरेको भन्दै विद्यार्थीहरुको विश्वास र भरोसालाई तोड्न नदिने बताउनुभएको थियो ।
त्यस्तै एम.एड लेभलका कोअडिनेटर गोविन्द खनालले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक र अनलाइन दु्बै किसिम बाट कक्षा सञ्चालन गर्न थालेको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा विभिन्न विषयका शिक्षकहरुले आ–आफ्ना विषयको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा क्याम्पसका प्रध्यापक, उपप्रध्यापक, सहायक प्रध्यापकहरु, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।



