कपिलवस्तु । नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर आवाजमा सजिएको नयाँ लोकगीत “झुटो हैन सुनकेशरी” सार्वजनिक गरिएको छ। बिनोद भण्डारीको निर्देशनमा तयार भएको उक्त गीत मोडल असिम कडेल क्षेत्रीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा नारायणी खत्री र असिम कडेल क्षेत्री को अभिनय देख्न सकिन्छ। गीतले लोकसंस्कृतिको मर्मलाई उजागर गर्नुका साथै आधुनिक प्रस्तुतीकरणमार्फत दर्शक–श्रोताको मन जित्ने प्रयास गरेको छ।
मोडल असिम कडेल क्षेत्रीले गीत–संगीत मनोरञ्जनको माध्यम मात्र नभई कला, संस्कृति संरक्षण र नेपालको सौन्दर्यता तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँ हाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, कपिलवस्तुका अध्यक्ष समेत रहनु भएको छ। यसअघि पनि विभिन्न गीतहरूमा अभिनय गर्दै चर्चा कमाइसक्नु भएका कडेलले यस गीतमार्फत पुनः दर्शकको सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गर्नुभएको छ।
निर्माण टिमले दर्शक तथा शुभेच्छुकहरूलाई गीत एकपटक हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन हार्दिक अनुरोध गरेको छ। विशेषगरी मोडल असिम कडेल क्षेत्रीले आगामी सिर्जनालाई अझ परिष्कृत बनाउने उद्देश्यले दर्शकको प्रतिक्रिया र सुझावको अपेक्षा गर्नुभएको छ।
गीत YouTube: Asim Kshetri च्यानलमा हेर्न सकिनेछ।
https://youtu.be/LmHxlamaWjc?si=RmjdJUTauu4tFf0S


