महाराजगञ्ज नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । महाराजगञ्ज  नगरपालिकाको १८ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्न भएको जेन्जी आन्दोलनका कारण दुई दिनमै सत्तापलट भएको उदाहरण प्रस्तुत गर्दै समयको मागअनुसार सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले महाराजगञ्ज नगरपालिकालाई नमुना नगरपालिका बनाउने लक्ष्यसहित सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

नगर प्रमुख कलामले आफ्नो कार्यकालमा अब दुई वटा मात्र नगर सभा बाँकी रहेकाले बाँकी समय विकास निर्माण र सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मीले नगरपालिकाले पहिलो पटक तीन स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी १ हजार १ सय ५६ जना नगरबासीलाई विभिन्न सेवा प्रदान गरिएको जानकारी दिए। शिविरमार्फत ६ सय जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोपसमेत लगाइएको उनले बताए।

चालु आर्थिक वर्षको पहिलो छ महिनाभित्र नगरपालिकाले ३० करोड रुपैयाँभन्दा बढी लागतका २३ वटा योजनाहरू टेन्डर प्रक्रियामार्फत अघि बढाएको जानकारी पनि उनले दिए। यस्तै, उपभोक्ता समितिमार्फत ७ वटा योजनाको सम्झौता सम्पन्न भएको र नगरपालिकाको आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।

सभाले प्रस्तुत संशोधन प्रस्तावसमेत पारित गरेको छ। सो अवसरमा वडाध्यक्षहरूले बजेट कार्यान्वयनका क्रममा देखिएका विभिन्न बाधा र अवरोधको समाधान निकाल्नुपर्ने माग राखेका थिए।

सभामा नगर उपप्रमुख रिता कुमारी चौधरीको समेत सहभागिता रहेको थियो। नगर सभा नगर प्रमुख अब्दुल कलामको अध्यक्षता, प्रशासन प्रमुख निरन्जन पौडेलको स्वागत मन्तव्य तथा बृजेश यादवको सञ्चालनमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *