विनायक बचत तथा ऋण सहकारी संस्थाद्वारा स्वः शेयर सदस्य उपाध्यायको परिवारलाई किरिया खर्च प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना स्वर्गीय शेयर सदस्य हेमलाल उपाध्यायको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै शोकमा परेका परिवारलाई किरिया खर्च बापत रु. ३० हजार रकम प्रदान गरेको हो ।

संस्थाले हालै दिवङ्गत भएका शेयर सदस्य स्वः उपाध्याय्को परिवारलाई दुखको समयमा केहि सहज होस भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको सहकारीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताउनुभयो । प्रदान गरिएको सहयोगले शोकाकुल परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका सचिव मोहन प्रसाद अधिकारीले दुःखको यस घडीमा सहकारी संस्था सधैं आफ्ना सदस्यहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहकारीले आफ्नो स्थापनाकाल देखि नै आफ्ना शेयर सदस्यहरुको मृत्यु पश्चात निजको परिवारलाई राहत स्वरुप रकम प्रदान गर्दै आइरहेको र भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने ब्यवस्थापक सन्तोष गैरेले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष राम प्रसाद गैरे, वर्तमान उपाध्यक्ष बेदराज नेपाली, उमा खनाल भुसाल, सचीव मोहन प्रसाद अधिकारी, कोषाध्यक्ष राजेन्द्र अर्याल, सदस्य दयारम भुसाल, हुम बहादुर बेल्वासे, लेखा संयोजक नेत्र प्रसाद पौडेल, सल्लाहकार टिकाराम पन्थी तथा व्यवस्थापक सन्तोष गैरे र कर्मचारी राधा बस्यालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *