कपिलवस्तु । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले दर्शकहरूको मन जित्न सफल भएको छ ।
बुद्ध रंगशालाको साँझपरेपछि दर्शकहरूको उल्लेख्य सहभागीता हुने गरेको छ । यसैगरी आज २६ गते शुक्रबार महोत्सवमा चर्चित राष्ट्रिय गायक प्रकाश सपुत, राष्ट्रिय गायिका सिमरन परियार, राष्ट्रिय लोकदोहोरी गायिका रितु शाही, १४ औं कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राज कुमार खाँणले जानकारी दिए ।
हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा थप रौनक थपिएको निर्देशक बुद्धिबहादुर क्षेत्रीले जानकारी दिए ।


