मुख्यमन्त्रीकै जिल्लामा पानीको हाहाकार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । ७१ वर्षकी कमला भण्डारी बिहानै डोकोमा गाग्री बोकेर पानि लिनको लागि धारोमा पुग्नु भएको छ । वृद्ध उमेरका बाबजुत पनि उहाँ घरदेखि लामो दुरीमा आवश्यक पानी ढाडमै बोकेर पर्याउनुहुन्छ । ‘भलाद्मीहरुले के गर्नुभएको छ कुन्नी, यो उमेरमा अझैपनि पानी बोकेरै ल्याउनुपर्छ । अब त सबै महिलाहरु भएर जिल्लामै जानुपर्छ की ’ उहाँ भन्नुहुन्छ ।

भण्डारी मात्र हैन अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर–५ मैदान उपल्लोगाउँका प्राय सबै यसरी नै ढाडमै पानी बोकेर ल्याउन बाध्य छन । गाउँमा बसाईसराईका कारण प्राय घरमा वृद्धवृद्धा मात्र बस्ने गर्छन । तरपनि दैनिक जीवनको लागि अपरिहार्य पानी ल्याउनको लागि धेरै टाढा सम्म जानुपर्ने बाध्यता उनीहरुलाई छ ।

लुम्बिनी प्रदेश प्रमुख चेत नारायण आचार्यको जिल्ला मात्र नभएर २ पटक सम्म प्रदेश सभा सदस्य बनेका रामजी प्रसाद घिमिरे लगायत उच्च ओहोदामा पुगेका व्याक्तिहरुको क्षेत्र भएपनि यहाँको वासीन्दा भने ढाडमै पानी बोकेर ल्याउन बाध्य रहेका छन । पिउने मात्र नभएर घरयासी कामको लागि र वस्तु भाउको लागि आवश्यक पानी बोकेरै ल्याउनुपर्ने हुँदा बिहानको सबै समय त्यसमै जाने उनीहरुले बताउँछन ।

आफ्नै भोट बाट कयौँ पटक चुनाब जितेपनि जनप्रतिनिधिहरुको बेवास्ताका कारण आफुहरु अहिले सम्म पनि यसरी दुख पाइरहेको उनीहरुको गुनासो रहेको छ । विभिन्न लिफ्टिङ खानेपानीका आयोजनाहरु परेपनि जनप्रतिनिधिहरुले आफ्नै घरमा पाएक पर्नेगरि निमार्ण गर्दा आपुहरु खानेपानी बाटै बञ्चित हुन परेको उनीहरुको दुखेसो रहेको छ । -यो सामाग्रि अर्घाखाँचीका हाम्रा संवाददाता छबिलाल कोइरालाको सहयोगमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *