कपिलवस्तु होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वमा पुनः पौडेल निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा रविन्द्र पौडेल निर्वाचित हुनु भएको छ। संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पौडेल नेतृत्व चयन भएको हो। अधिवेशन बाणगंगा–४ ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा विहिबार सम्पन्न भएको थियो।

कार्यक्रममा संघले गत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेको थियो। अध्यक्षमा निर्वाचित पौडेलले कपिलवस्तुको पर्यटन सम्भावना पहिचान, व्यवस्थित प्रवद्र्धन तथा व्यवसायीको हित संरक्षणलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उहाँले स्थानीय होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन, सेवा गुणस्तर सुधार गर्न तथा घरेलु–विदेशी पर्यटकलाई लक्ष्यित गरी संयुक्त अभियान चलाउने योजना रहेको बताउनुभयो।

अधिवेशनले नयाँ कार्यसमितिको गठन गर्दै संघका आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने निर्णय पनि गरेको छ।

स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको अधिवेशनले कपिलवस्तुको पर्यटन विकासका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *