पावर सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ स्थित पावर सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार समुहको कार्यालय स्थित प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले पवर सामुदायिक वन सिङ्गो शितगङ्गामै नमुना वन बनिरहेको बताउनुभयो । यसले गरिबी न्यूनीकरण देखि समाज रुपान्तरणका लागि विभिन्न कार्यक्रम गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । यहाँको विकासको लागि वडा कार्यालयले मात्र सबै गर्न नसकिने भन्दै त्यसको लागि सामुदायिक वन सङ्गै सम्पुर्ण संघसंस्था एक हुन आवश्यक रहेको बताउनुभयो ।

बाणगङ्गा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत अर्जुन चापागाईंले वनको महत्वलाई दर्साउदै वनको दिगो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । वनको श्रोत साधनलाई सहि व्यवस्थापन गर्न सके समाजको विकास गर्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।

वनका अध्यक्ष वीर बहादुर खम्चाकी मगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पावर सामुदायिक वनलाई व्यवस्थित गर्दै लैजाने बताउनुभयो । वनले विगतमा भौतिक विकास, सामाजिक विकास लगायत समाज रुपान्तरणका विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै त्यसलाई अझ प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।

कार्यक्रममा वन उपभोक्ता भित्रका गरिब विपन्न तथा जेहोन्दार १० विद्यार्थीहरुका लागि झोला वितगरण गरिएको थियो । त्यस्तै दलित, आपाङ्ग तथा दृघ रोगी रहेका १० परिवारको स्वास्थ्य बिमा समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा सदस्य ओम बहादुर दर्लामी, पावर माध्यमिक विद्यालयका प्रधानाध्यापक नहकुल रेश्मी, पुर्व वडा सदस्य तथा वनकी पुर्व अध्यक्ष चुमा गाहा, वनकै पुर्व अध्यक्ष भिम बहादुर बुढा मगर, वनका प्रमुख सल्लाहकार चुरा बहादुर कार्की, योगराज पल्ली लगायतले वनको दिगो व्यवस्थापन गनुपर्नेमा जोड दिनुभएको थियो ।

वनका अध्यक्ष वीर बहादुर खम्चाकी मगरको अध्यक्षता, समुहकि कोषाध्यक्ष ज्ञानुकला पचभैयाको स्वागत, समुहकी उपाध्यक्ष कृष्णा दर्लामीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वनका उपभोक्ता विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *