प्रथम कपिलवस्तु व्यापार मेलामा “प्रथम कपिलवस्तु डान्स स्टार” हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा “प्रथम कपिलवस्तु डान्स स्टार” हुनेभएको छ । यही मंसिर ५ देखि १७ गतेसम्म मायादेवी रङ्गशाला, बाणगंगा ८ बोडगाउँमा हुन लागेको व्यापार मेलामा यस क्षेत्रमा नृत्यको सम्भावनालाई अझ सुदृढ गर्दै लैजानको लागि डान्स स्टार गर्न लागिएको मेला मुल आयोजक समितिले जनाएको छ ।

डान्स स्टार प्रतियोगिताका लागि आवेदन खुला भएको र बुधवार देखि जिल्लाका विभिन्न स्थानहरूमा अडिसन सुरु भएको डान्स स्टार संयोजक असिम कडेल क्षेत्रीले जानकारी दिनुभायो । संयोजक क्षेत्रीका अनुसार आगामि शनिबार अन्तिम अडिसन सम्पन्न गरी कम्तीमा ३० जना प्रतिभा छनौट गरिने र उनीहरू क्वालिफायर राउण्ड मा प्रवेश गर्ने छन ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार रहेको छ । त्यस्तै दोस्रो हुनेलाई ७५ हजार ५ सय ७५, तेस्रो हुनेलाई ५१ हजार १ सय ५१ र चौथो हुनेलाई ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार रहेको जनाइएको छ ।

 

May be an image of dancing and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *