कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५स्३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनाको कारण बस सडक छेउमा पल्टिनु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बिवरण
१ .जि.बैतडी पाटन न।पा।५ बस्ने बर्ष २६ को हरिष शिंह ठगुन्ना हात खुट्टामा चोट सामान्य ।
२.ऐ.ऐ.बस्ने बर्ष २२ को करण ठगुन्ना बाँया हात र टाउकोमा चोट अवस्था सामान्य ।
३.जि.कन्चनपुर बेतकोट न।पा।१० बस्ने बर्ष २० को मनिष बडु ढाट र टाउकोमा चोट अवस्था सामान्य ।
४.जि.बैतडी पाटन न।पा।५ बस्ने बर्ष ३३ को शंकर शिंह बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य ।
५.जि.कैलाली ढनगढी उ।म।न।पा।३ बस्ने बर्ष ३८ को दिपक साकि हात खुट्टामा चोट अवस्था सामान्य ।
६.जि.डोटी दिपायल सिलगढी न।पा।९ बस्ने बर्ष २४ को खडक साउत टाउकोमा भित्री चोट सामान्य ।
७.जि.डोटी आदर्श गा।पा।५ बस्ने बर्ष २५ को भक्त ब।बि।क।दाया हात ढाडमा भित्री चोट सामान्य ।
८.जि.डडेलधुरा अजयमेरु गा।पा।२ बस्ने बर्ष २८ को आशिष अयर हातमा चोट सामान्य ।
९.जि.पाल्पा माथागढी गा।पा।४ बस्ने बर्ष २८ को मिन ब।बि।क।टाउकोमा भित्री चोट सामान्य ।
१0.जि.डोटी शिलगढी न।पा।५ बस्ने बर्ष २४ को रोसन लोहार बाया हातमा चोट सामान्य ।
११.जि.दाङ लमही न।पा।६ बस्ने बर्ष २४ को सन्देश नेपाली छातिमा भित्री चोट सामान्य ।
१२.जि.कैलाली धनगढी उ।म।न।पा।२ बस्ने बर्ष ३८ को भक्त ब।बोहोरा ढाडमा भित्री चोट सामान्य ।
१३.जि.डडेलधुरा भागेश्वर गा।पा।२ बस्ने बर्ष ३० को पुष्कर टमटा बाया कानमा बाहिरी चोट सामान्य ।
१४.जि.डोटी शिखर न।पा।७ बस्ने बर्ष ३१ को खडक ब।बलायर हात खुट्टामा चोट अवस्था सामान्य ।
१५.जि.कैलाली गोदावारी न।पा।५ बस्ने बर्ष ४१ को राजेन्द्र बिष्ट बाया खुट्टामा चोट अवस्था सामान्य ।
१६.जि.दार्जुला लेगाम गा।पा।५ बस्ने बर्ष ३८ को कुन्दन सिंह बोहोरा बाया आखा माथी चोट सामान्य ।
१७.जि.कैलाली धनगढी उ।म।न।पा।२ बस्ने बर्ष ३४ को रमेश बि।क।टाउकोमा भित्री चोट अवस्था सामान्य ।
१८.जि.कैलाली गोदाबारी न।पा।३ बस्ने बर्ष ३४ को बसन्त बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य ।
१९.जि.कन्चनपुर महेन्द्रनगरपुनरबास न।पा।८ बस्ने बर्ष ३२ को नमराज भाली टाउकोमा भित्री चोट सामान्य ।
२०.जि.कैलाली कैलाली गा।पा।३ बर्ष १८ कि परिता चौधरी दाँया खुट्टा चोट सामान्य ।
२१.जि.कैलाली धनगढी उ।म।न।पा।१ बस्ने बर्ष ३० को शुनिल जो।सी। हात खुट्टामा चोट अवस्था सामान्य ।
२२.जि.बैतडी दसरथचन्द्र न।पा।१ बस्ने बर्ष ३७ को मोहन सिंह भाट हात खुट्टामा चोट अवस्था सामान्य ।
९ जम्मा घाईते ३८ मध्य मृत्यु १,सिरियस ४ ,मध्यम ९ र सामान्य २४ ०
सह(चालक जि।कन्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष २० को प्रकाश विक नियन्त्रणमा ।
चालक धनगढी बस्ने बर्ष अ.३४र३५ को दिलिप मगर फरार ।


