प्रतिकुल मौषमका कारण थप दुई दिन बिदा

काठमाडौँ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
कपिलवस्तुमा बस दुर्घटनामा ३६ जना घाइते (नाम सहित)

कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५स्३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक […]